व्यास नगरपालिकाले संस्थागत विद्यालयलाई भन्यो- छात्रवृत्ति वितरणको विवरण पठाउनू

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिकाले नगरभित्र रहेका सबै संस्थागत विद्यालयहरुलाई छात्रवृत्ति वितरणको विवरण पठाउन भनेको छ ।

विहिवार एक सूचना जारी गर्दै नगरमा सञ्चालित संस्थागत विद्यालयहरुलाई शिक्षा नियमवाली, २०७६ को परिच्छेद १० बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको हो ।

छात्रवृत्ति सुविधा प्राप्त गर्ने विद्यार्थीको नामावली असार ७ गतेभित्र बुझाउन पर्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?