आदिकविकाे गुणस्तर वृद्धिका लागि पालिकाहरुसंग स्ववियुद्वारा सहयोगको अपिल

दमाैली :  तनहुँको  व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसकाे भाैतिक गुणस्तर वृद्धि र छात्रवृत्तिमा स्ववियुले  तनहुँका विभिन्न स्थानीय तहहरुसंग सहयोगको अपिल गरेको छ।

स्ववियु सभापति गाैरव पन्थकाे नेतृत्वमा क्याम्पसकाे भाैतिक गुणस्तर वृद्धि र छात्रवृत्तिका लागि जिल्लाका तीन वटा पालिकाका प्रमुखसँग छलफल गर्दै सहयोगको अपिल गरेको सचिव अनुप आले मगरले जानकारी दिए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापासँग भेटी स्ववियुले खानेपानी योजना, विज्ञान तथा कम्प्यूटर प्रयोगशाला र छात्रवृत्तिको विषयलाई प्राथमिकतामा याेजना माग गरिएकाे स्ववियु सभापति पन्थ बताए ।

आदिकवि भानुभक्त क्याम्पसमा तनहुँका सबै पालिका र विभिन्न जिल्लाका गरी तीन हजार एक सय भन्दा बढी र त्यसमध्ये पनि गरिब, विपन्न, दलित, जनजाति र महिला विधार्थीहरु अध्ययन गर्ने क्याम्पस हो।

हालैमात्र यस क्याम्पस दाेस्राे पटक क्युएएमा नवीकरण भएकाे छ । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरको आधारमा दिईने अनुदानमा तीन सय ९२ क्याम्पस मध्य उत्कृष्ट तीनमा पर्न सफल भएको छ।

भेटघाट कार्यक्रममा स्ववियु अध्यक्ष गाैरव पन्थज्युकाे नेत्यतवमा स्ववियु सचिव अनुप आले, सदस्य गणेश पोख्रेल, सुमन खड्का , सागर पाण्डे, प्रबिन आले, शिव सदाशंकर एवं क्याम्पसकाे क्लबहरुकाे तर्फबाट विकास थापा रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?