दमौली : तनु प्ये ल्हु संघ महिला कार्यसमिति तनहुँको अध्यक्षमा सन्तुमाया गुरुङ चयन भएकी छन् ।
संघको आइतबार सम्पन्न भएको दोस्रो अधिवेशन तथा पॉचौ वार्षिक साधारणसभाले सन्तुमायाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा गुनामाया गुरुङ, द्वितीय उपाध्यक्षमा मिनशोभा गुरुङ, तृतीय उपाध्यक्षमा विष्णुमाया गुरुङ, सचिवमा सुकमाया गुरुङ, सहसचिवमा कल्पना गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा पपीमाया गुरुङ, दुर्गा गुरुङ, कविता गुरुङ, पुनम गुरुङ, सरिता गुरुङ, सन्तोषी गुरुङ, दुर्गा गुरुङ, प्रेमकुमारी गुरुङ, मिनमाया गुरुङ चयन भएका छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?