दमौली : तनहुँको व्यास नगरपालिका -१ स्थित विज्ञानचौरमा रहेको स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पसले विवादस्पद दक्षिण भारतीय फिल्म आदिपुरुष सहित अन्य हिन्दी फिल्मको प्रदर्शन बन्द गर्न माग गरेको छ ।
सभापति पन्थको नेतृत्वमा विद्यार्थीहरुको एक टोली सोमवार व्यास- २ स्थित क्यूएफएक्स सिनेमा हलका प्रतिनिधिलाई भेटेर आदिपुरुष र अन्य हिन्दी फिल्म प्रदर्शन बन्द गर्न माग गरेका हुन् ।
स्ववियू सभापति गौरव पन्थले एक विज्ञप्ती जारी गर्दै उक्त विवादस्पद अभिव्यक्ति तत्काल हटाउन माग समेत गरिएको छ ।
काठमाडौं, पोखरा, धरान लगायतका नगरप्रमुखले फिल्मको प्रदर्शन बन्द गर्न निर्देशन दिइसकेका छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?