दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले पार्टी स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
व्यास नगरपालिका -३ अनसन चौतारीमा मंगलबार आयोजना गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रममा १४ जनाले रगतदान गरेको रास्वपाका जिल्ला संयोजक विकास सिग्देलले जानकारी दिए ।
पार्टीले स्थापना दिवसका अवसरमा जिल्लाभर विविध कार्यक्रम गर्दै आएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?