काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकतामा अदालतको आदेश नमान्ने बताएका छन्। उच्च अदालत पाटनले हिन्दी सिनेमा चलाउन दिन अन्तरिम अन्तकालीन आदेश दिएपछि बालेनले यस्तो प्रतिक्रिया दिएका हुन्।
अदालतको आदेश आएपछि सामाजिक संजालमा स्टाटस राख्दै मेयर बालेनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरामा कुनै कानुन र अदालतलाई नमान्ने बताएका हुन्।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनीहरु को नियत थाहा हुन्छ।’ उनले लेखेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ। यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’
काठमाडौँ महानगरपालिकाले हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम अन्तकालीन आदेश दिएको हो।
#बालेन









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?