गोरखामा जन्ती सवार जिप दुर्घटना, पाँचजनाको मृत्यु

 गोरखा : गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सहिद लखन गाउँपालिका–५ का वर्ष २४ का वीरबहादुर थापा, सोही वडाका २५ वर्षका प्रवीण थापा, १८ वर्षका नीरज थापा, वर्ष १७ की नवीना थापा रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

त्यस्तै वडा नम्बर ४ का ६४ वर्षका थमबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका थिए। उनीहरूको तनहुँको आँबुखैरेनीमा उपचार भइरहेको प्रहरीले बताएको छ। केही अस्पतालबाट डिस्चार्ज भएर गएका छन्।

तीनवटा गाडीमध्ये एउटा गाडी दुर्घटना भएको उनले बताए । दुलाहा र दुलही भने दुर्घटना भएको गाडीमा सवार थिएनन् ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको प्रवक्ता लामिछानेले जानकारी दिए । दुर्घटना भएको जितमा कति सवार थिए यकिन नभएको तर १८ देखि २० जना सवार रहेको जानकारी आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?