डोबाटे विश्वकर्मा बने बिना विभागीयमन्त्री आजै लिए सपथ

गण्डकी प्रदेशका सांसद डोबाटे विश्वकर्मा डोबाटे बिना विभागीयमन्त्री नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सोमबार मन्त्रिपरिषद बिस्तार गरे संगै विश्वकर्मा विभागीयमन्त्रीमा समेटिएका हुन् ।

मन्त्री विश्वकर्माले गरिब तथा दलित समुदायको हक, अधिकारका लागि सदैव सक्रिय रुपमा संघर्ष र आवाज उठाउदै अएका छन् । निष्ठा र ईमानदारका साथ लामो र सक्रिय राजनीति गर्दै अएका उनी केही महिना अघि नै मन्त्री बन्ने पक्का थियो। तर, अन्तिममा उनको ठाउँमा कांग्रेसकै बिन्दुकुमार थापा मन्त्री बनेका थिए।

गत २९ जेठमा कांग्रेस नेतृत्वको सरकार बनेपछि नै उनी
शपथ लिन जाँदाजाँदै बाटोमै नाम काटिएपछि कांग्रेस र गृहजिल्ला तनहुँमा पार्टी सभापति शेरबहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको आलोचना व्यापक भएको थियो।मन्त्री थापाले पैसाले मन्त्री भए भनेर आलोचनामा खेप्नुपरेको थियो ।

यता डोबाटे विश्वकर्माको विषयमा निष्ठा र ईमानदारिताको राजनीति अब समाप्त भएको अड्कल बाजी समेत आम जनताले गर्न भ्यए।
मन्त्री विश्वकर्मालाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन। अहिले बिना विभागीय मन्त्रीको शपथ गराइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?