
दमौली : तनहुँको व्यास नगरपालिका व्यास नगर युवा परिषद्ले युवाहरुको क्षमता विकासका लागि एक दिने भाषण कला तालिम सम्पन्न गरेको छ ।
युवा युवती घरधन्दा र अध्ययनमा सक्षम भएतापनि बाहिरी कार्यक्रममा बोल्न लाज लाग्ने, डर लाग्ने भएकोले प्रष्ट रुपमा निर्धक्क भएर बोल्न र कार्यक्रम सञ्चालन गर्न सक्षम वनाउने उद्धेश्यले उनीहरलाई भाषण कला तालिम प्रदान गरिएको परिषदका कार्यकारी उपाध्यक्ष गौरव पन्थले बताए ।
भाषण कला तालिमको सहजीकरण राष्ट्रिय प्रशिक्षक राजेश पाण्डेले गरेका थिए । तालिममा ४२ जनाको सहभागिता रहेको थियो ।
तालिममा उपसम्पादक निरौलाले व्यक्तित्व विकास, माईक्रोफोनमा बोल्ने तरीका तथा सुन्दर ढंगले आफ्ना कुराहरु अभिव्यक्ति गर्न अपनाउनुपर्ने उपाय, निर्धक्क भएर कार्यक्रम सञ्चालन गर्ने तरिका हरुका विषयमा प्रयोगात्मक रुपमा जानकारी गराएका थिए ।
तालिममा सहभागीलाई कार्यक्रम सञ्चालन गर्ने तरिकाको वारेमा प्रयोगात्मक रुपमा अभ्यास समेत गराइएको थियो ।
तलिममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, युवा अभियन्ता अपार पौडेल, ने.का.नीति तथा प्रशिक्षण विभाग केन्द्रिय पूर्व सदस्य प्रमोद हरी गुरागाईं, प्राध्यापक संघका केन्द्रीय सदस्य अधिवक्ता विमल गिरी लगायत सहभागी रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?