व्यास नगरपालिकाले ल्यायो १ अर्ब ६० करोड रुपैयाँको बजेट

दमौली : तनहुँको व्यास नगरपालिकाकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १५९ करोड ३१ लाख एक हजार रुपैयाँको बजेट ल्याएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रिया अनुसार आइतवार नगरसभामा उपप्रमुख इन्दिरा दरैले आगामी आर्थिक वर्षका लागि उक्त अनुमानित आयव्यय प्रस्तुत गरेकी हुन् ।

चालुतर्फ ९० करोड ८६ लाख ९६ हजार र पुँजीगततर्फ ६८ करोड ४४ लाख पाँच हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको  ५७.०४ र पुँजीगततर्फ ४२.९६ प्रतिशत बजेट छुट्याइएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको नगरपालिकाले भने यो पटक घटाएर करिब १ अर्ब ६० करोड को बजेट ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?