बन्दिपुर गाँउपालिकाको ६० करोड ६१ लाख रुपैयाँको बजेट

दमौली :  तनहुँको बन्दिपुर गाँउपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वजेट वजेट ६० करोड ६१ लाख ८४ हजार प्रस्तुत भएको छ ।

गाँउपालिकाको १३ औ गाँउसभाको बैठकमा गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुुरुङले सो अनुमानित बजेट प्रस्तुत गरिन् ।

बन्दिपुरले आगामी आर्थिक वर्षमा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोत गरि ४८ करोड ६१ लख ८४ हजार तथा सामाजिक सुरक्षा भत्ता वितरणकोलागि १२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

बन्दिपुरले आगामी वर्षको लागि शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य, उत्पादन, रोजगार उन्मुख तथा पुर्वाधारमा जोड दिनुका साथै मानवश्रोत साधनको विकास गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?