दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब २८ करोड ३१ लाख ३ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आइतबार १३ औँ नगर सभामा नगर उप प्रमुख खुमबहादुर वि.क राजुले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
नगरपालिकाले चालु आर्थिक बर्षमा भन्दा ६ करोड १४ लाख ७१ हजार १८० रुपैयाँ बढि बजेट ल्याएको छ । चालु आव नगरपालिकाले १ अर्ब २२ करोड १६ लाख ३१ हजार ८ सय २० रुपैयाँ बजेट ल्याएको थियो ।
उक्त अनुमानित बजेटमध्येबाट पुर्वाधार विकासतर्फ ४५ प्रतिशत, सामाजिक विकास तर्फ ३० प्रतिशत, आर्थिक र वातावरण विकासमा १०/१० प्रतिशत र सुशासनलाई ५ प्रतिशत बजेट विनियोजन गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?