देवघाट गाउँपालिकाको बजेट ५० करोड ६६ लाख

दमौली : तनहुँको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ५० करोड ६६ लाख ९८ हजार ६ सय रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

१२ औं गाउँसभामा आईतबार गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले उक्त बजेट प्रस्तुत गरेका हुन्  । बजेटले योजनाबद्ध शहरीकरण र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

देवघाटले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प समस्त गाउँपालिका बासीको समृद्धिको चाहाना र जनप्रतिनिधिका प्रतिबद्धताहरु रहेको जनाएको छ ।

देवघाट गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, भूमिहिन अव्यवस्थित बसोवासीहरुको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर देवघाट गाउँपालिकाको पहिचान कायम राख्दै योजनावद्ध शहरीकरण तथा वस्ती विकासकोलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष  तिलबहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?