भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार निवासबाटै पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाइसकेको छैन ।

यद्यपि ठगी आरोपमा हुन सक्ने स्रोतको भनाइ छ । संकटग्रस्त सहकारीमा समेत गुरुङको संलग्नता देखिएको बताइएको छ ।

गुरुङलाई ललिता निवासको जग्गा हिनामिना प्रकरणको पनि अभियोग थियो । मालपोत कार्यालयका केही कर्मचारीसँगको मिलेमतोमा जग्गा खरिद गरेको आरोप लागेका उनी २०७७ सालमा विशेष अदालतले  २ करोड धरौटी मागेपछि सो बराबरको बैंक ग्यारेण्टी बुझाएर उनी छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?