काठमाडौं : चिनियाँ अर्बपति व्यापारी ज्याक मा काठमाडौं आएका छन् । उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
हङकङ बिजनेस एभिएसनको जहाज चार्टर्ड गरी ज्याक मा काठमाडौं आएका हुन् । ज्याक मासँग उनीसहित सात जनाको टोली रहेको बताइएको छ ।
काठमाडौं आएपछि उनी नक्सालस्थित मेरियट होटलमा पुगेका छन् ।
ज्याक मा अलिबाबा ग्रुपका संस्थापक हुन् । चीनबाट बंगलादेशहुँदै उनी नेपाल आएका हुन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?