देवघाटमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनी कालो सूचीमा

दमौली : समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई देवघाट गाँउपालिकाले कालो सूचीमा राखेको छ ।

देवघाट गाँउपालिकाले घण्टाचुली पर्यटन पूर्वाधार आयोजनाको ठेक्का लिएको मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई पटक–पटक ताकेता गर्दासमेत कार्य सम्पन्न नगरेपछि कालो सूचीमा राखेको हो ।

कार्य सम्पन्न गर्ने अन्तिम मिति यही असार २८ गते भएकोले सो समय पछि म्याद थप नगर्ने ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत गरी गाउँपालिकाको खातामा जम्मा गर्नेगरी निर्माण ब्यवसायीलाई कालोसूचीमा राखिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

देवघाट गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीका अनुसार मृत सञ्जिवनी–शिवशक्ति ईको जेभीलाई सम्झौता अनुसार कार्य सम्पन्न गर्न पटकपटक पत्राचार, मौखिकरुपमा भनिएको र प्राविधिक प्रतिवेदन अनुसार कार्य प्रगति नदिएकोले उक्त कामको ठेक्का लिने कम्पनीसँग ठेक्का सम्झौता तोड्ने (भंग) गर्नुपरेको जनाए ।

नारायणी अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?