
ऋषिङ : तनहुँको ऋषिङ गाँउपालिका बाल सञ्जाल गठन गरिएको छ । बुधवार गाउँपालिकामा पालिकास्तरिय बाल सञ्जाल गठन गरिएको हो ।
गठित बाल सञ्जालको अध्यक्षमा फागुराम आले चयन भएका छन्। उपाध्यक्षमा आशिष थापा, सचिवमा सन्जना तामाङ , सह-सचिवमा ऋषि बि.क र कोषाध्यक्षमा सुजिता थापा चयन भएका छन्।
सदस्यहरुमा सोनाम थापा, गुराँस गौतम, नवीन थापा, हिमानी दरै, सुजन थापा र लक्ष्मी आले रहेका छन्। नवगठित बाल सञ्जालका अध्यक्ष आलेले आफुलाई पालिका स्तरीय बाल सञ्जालको अध्यक्षमा मनोनित गरेकोमा धन्यवाद दिए ।
पालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले नवगठित समितिलाई शुभकामना दिदै गाउँपालिकामा बाल सम्बन्धी समस्याको समधान गर्न पालिका सदैव तयार रहेको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालबालिका सवाललाई पर्याप्त रुपमा समेटेको उनको भनाइ थियो।
उक्त कार्यक्रममा उपाध्यक्ष गिनु माया थापा, प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाट, शिक्षा शाखा प्रमुख सुबास चन्द्र रानाभाट, गाउँपालिकाका प्रवक्ता विजय दरै, सहायक महिला बिकास निरीक्षक ज्ञानु खनाल, नेपाली कांग्रेस जिल्ला सदस्य यमुना श्रेष्ठ,गण्डकी प्रदेश बाल परिषद् कोषाध्यक्ष विवेक श्रेष्ठ, वडाध्यक्षहरु, प्रधानध्यापक तथा शिक्षकहरुको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?