काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने बताएका छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आर्थिक समस्या समाधान गर्न नसक्ने र आय र व्ययको तालमेल नमिलेको हुनाले बजेटको विपक्षमा उभिएको जिकिर गरे ।
उनले जनताले सरकारमा नबस्न सुझाव दिएकाले आफूहरू रचनात्मक प्रतिपक्षमा बसेको उल्लेख गरे ।
लामिछानले प्रतिपक्षमा बसेपनि सरकारको राम्रो कामको समर्थन र नराम्रा कामको विरोध गरिरहने जिकीर गरे ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?