भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु

काठमाडौं : भारतको महाराष्ट्रमा एक बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना बालबालिका छन् । सातजना घाइते भएका छन् । उक्त बसमा ३३ यात्रु सवार थिए ।

मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको बसमा शनिबार बिहान आगलागी हुँदा उक्त हताहत भएको हो ।

गुडिरहेको बसमा टायर पड्किएपछि खम्बामा ठोकिएको बसमा डिजेल ट्यांकी फुटेर आगो लागेको बीबीसीले जनाएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताएका समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?