पत्रकार वाग्ले टीकानीधि ढुङगाना स्मृति पुरस्कारवाट पुरस्कृत हुँदै

दमौली : टीकानीधि ढुङगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार पत्रकार मदन वाग्लेलाई प्रदान गरिने भएको छ । पत्रकार महासंघ तनहुँको शुक्रवार बैठकले यो निर्णय गरेको महासंघका सचिव प्रताप राना मगरले जानकारी दिए  ।

दमौलीबाट प्रकाशित हुने प्रादेशिक खबर राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं  द-हिमालयन टाइम्स नामक काठमाण्डौंबाट प्रकाशित हुने अंग्रेजी दैनिकका तनहुँ समाचारदाता वाग्लेलाई टीकानीधि ढुङगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत गर्ने भएको हो ।

विगत ३०वर्ष भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहनु भएको र अझै कृयाशिल रहेको छ । वाग्ले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य समेत हुन् ।

व्यास नगरपालिका-४ निवासी समाजसेवी भाग्यशाली ढुङगानाका परिवारले टीकानीधि ढुङगाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । हरेक वर्ष क्रियाशील पत्रकारहरुलाई पुरस्कृत गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?