दमौली : पहिराका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा बुधबार साँझ पहिरो खस्दा अवरुद्ध पृथ्वीराजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो ।
पहिरो हटाएर बिहान ११ बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकभन्दा एक सय मिटर माथिबाट सुक्खा पहिरो खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?