पोखरामा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा : कास्कीको पोखरा महानगरपालिका–१४, चाउथेमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार युवक घाइते छन् ।

पोखरा महानगरपालिका–२७, तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कुटरमा सवार पोखरा–२७, अर्घौँ अर्चलेका २७ वर्षीय विमल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग२च ३१७९ नम्बरको बोलेरो जीपले विपरित दिशाबाट आउँदै ग८प ५८३८ नम्बरको स्कुटरलाई आज बिहान करिब साढे ४ बजे ठक्कर दिएको थियो । जीपसहित चालकलाई वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?