इतिहास रच्दै नेपाल साफ च्याम्पियशिपकाे फाइनलमा

नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।

खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् ।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलका नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल भएन । दोस्रो हाफमा बंगलादेशले केही रक्षात्मक खेल खेल्यो ।

खेलको ८२औं टिनिङ प्वाइन्ट रह्यो । वान भर्सेस वानमा रहेका नेपाली खेलाडीले फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाए । १० खेलाडीमा झरेको बंगलादेश दबावमा आयो र अञ्जन विष्टलाई डिबक्स एसियामा नै लडाउन पुगे । नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले नै सहजै गोल गरे ।

बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।

अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ । यो दुई टोलीबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ । फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दबाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?