विराटनगर : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री थापाले नेपाली कांग्रेसका प्रदीप सुनार र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?