दमौली : एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार तनहुँमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ ।
बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार तनहुँमा ३ दशमलव ९५ जिपिएअङ्क ल्याउने छ, उनी सत्यवती माध्यमिक विद्यालयकी आँचल सिग्देल रहेकी छिन् । प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङबाट सत्यवती माविकै सृजन घिमिरेले ३ दशमलव ९२ जिपिए ल्याएका छन् ।
परीक्षाफलअनुसार तनहुँमा ८ विद्यार्थीले ३ दशमलव ९० ल्याएका छन् । विद्यार्थीमध्ये ५ विद्यार्थी सामुदायिक विद्यालय, एक विद्यार्थी गुरुकुल र दुई विद्यार्थी निजी विद्यालयका रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।
३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच सय १८ छ । त्यसमध्ये साधारणसभातर्फ चार सय ९२ र प्राविधिक धारतर्फ २६ विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले जानकारी दिए ।
शाखा अधिकृत रेग्मीका अनुसार २.८ देखि ३.२ जिपिए ल्याउने साधारणतर्फ सात सय ३७ र प्राविधिक धारतर्फ ४६ गरी सात सय ८३, २.४ देखि २.८ जिपिए ल्याउने साधारणतर्फ एक हजार एक सय ४२ र प्राविधिक धारतर्फ ४१ गरी एक हजार एक सय ८३, २ देखि २.४ जिपिए ल्याउने साधारणतर्फ एक हजार चार सय ३५ र प्राविधिक धारतर्फ १८ गरी एक हजार चार सय ५३ विद्यार्थी छन् ।
१.६ देखि २ जिपिए ल्याउने साधारणतर्फ एक हजार एक सय ७८ र प्राविधिक धारतर्फ सात गरी एक हजार एक सय ८५, १.६ भन्दा तल जिपिए ल्याउने साधारणतर्फ तीन सय ७४ विद्यार्थी छन् ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?