
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनको लागि भारतलाई खुला रूपमा आमन्त्रण गरेको एमालेका सांसद भगवती न्यौपाने आरोप लगाएका छन् ।
उनले भनिन्, ‘उहाँले अहिले मात्रै होइन एमसीसीमा पनि त्यसरी नै ढाँट्नुभयो। अमेरिकालाई पास गर्छौ भनेर समय तोकेर पत्र पठाउनुभयो। यहाँ कार्यकर्तालाई उफार्नुभयो। उहाँ नाटक गर्न सिपालु हुनुहुन्छ। उहाँले राष्ट्रियताको विषयमा धावा बोल्नुभएको छ। भारतलाई सरकार बनाउनको लागि खुला रूपमा आमन्त्रण गर्नुभएको छ। केही समयअघि पनि उहाँले भारतको कम्फर्टेबल सरकार बनाउनको लागि सहयोग माग्नुभयो। उहाँले त्यस्ता गल्ती धेरै गर्नुभयो।’
उनले भनिन्, ‘तपाई संसदमा आएर जवाफ दिन र प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक हुनुहुन्न। उहाँ नाटक गर्न धेरै सिपालु हुनुन्छ। त्यसैले हामी हाम्रो मागबाट पछि हट्दैनौं। उनले जनयुद्ध बेला भारतलाई पठाएको चिठीपछि सार्वजनिक भएको पनि स्मरण गरिन्। उनले अहिले भारत जाँदा पनि राष्ट्रघाती सहमति गरेर आएको आरोप लगाइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?