शिक्षा शास्त्र तर्फ नेपालमै प्रथम भएका अधिकारी सम्मानित

दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँ स्थित विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसबाट त्रि.वि.मा शिक्षा शास्त्र तर्फ नेपालमै प्रथम भएका सन्देश अधिकारी सम्मानित भएका छन्  ।

सोमवार नेपाल पब्लिक क्याम्पस संघ स्थापनाको २३ औं बार्षिकोत्सवमा आयोजित एक कार्यक्रममा अधिकारीलाई सम्मान गरेका हुन्  ।उनलाई पुरस्कार राशी रु. १५ हजार र प्रमाणपत्र सहित सम्मान गरेको छ ।

अधिकारीलाई सम्मान पत्र प्रदान गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामुदायिक क्याम्पसमा अध्ययन गरेपनि नेपाल प्रथम भएकोमा बधाई ज्ञापन गरे ।

नेपालको उच्च शिक्षामा सामदायिक क्याम्पसको योगदान उच्च रहेको बनाउनु भएको बताए ।

२०७८ सालमा त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्र संकायमा सर्वोत्कृष्ठ ६८.६४ % अंक अधिकारीले प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?