दमौली : तनहुँको व्यास नगरपालिका–१३ बेलवास स्थित मादी र सेती नदीको संगम स्थलमा एक बेवारिसे महिला मृत अवस्थामाअवस्थामा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणका अनुसार अन्दाजी ४०/४५ वर्षीया महिलाको फेला परेको हो ।
बर्ण गहुँगोरी, मझौला शरिर, अनुहारको बाहिरी छालाको भाग सडिगली सकेको, टाउकोको बाहिरी छाला सडिगली कपालको भाग समेत नभएको, शरिरमा कुनै कपडा नभएको, शरिरको भाग फुलेको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक खाँणले जानकारी दिए ।
उचाई करिब ५ फिट, दाँहिने कानमा बुट्टा सहितको सुनजस्तो देखिने पहेलो रंगको मुन्द्रा एक, नाकमा सुनजस्तो देखिने पहेलो रंगको फुली थान एक थान र घाँटीमा रातो गेडिवाला पोते भएको माला र बायाँ हातमा रातो चुरा लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक महिलाको हालसम्म कहि कतैबाट सनाखत भई आफन्त यस कार्यालयको सम्पर्कमा नआएको हुँदा सनाखत गर्ने प्रयोजनार्थ बिभिन्न संचार माध्यमहरुमा प्रकाशन/प्रशारण गरी आवश्यक सहयोग गरिदिन प्रहरीले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?