एयर होस्टेस प्रशिक्षणका लागि मोहन बतास फाउण्डेशनले छात्रालाई छात्रवृत्ति दिने

दमाैली : मोहन बतास फाउण्डेशनले एयर होस्टेस प्रशिक्षणका लागि तनहुँ जिल्लाभित्रका छात्रालाई पूर्ण र आंशिक छात्रवृत्ति दिने भएको छ ।

फाउण्डेशनले एयर होस्टेस अध्ययनमा रुची भएका र आर्थिक रुपमा विपन्न छात्रालाई छात्रवृत्ति दिने घोषणा गरेको फाउण्डेशनका अध्यक्ष ओमराज श्रेष्ठले जानकारी दिए ।

एयर होस्टेस लोभलाग्दो पेशा भएको र यसमा युवतीहरु आकर्षित हुने गरेकाले जिल्लाभित्रका छात्रालाई छात्रवृत्ति दिएर यसको प्रशिक्षण लिने अवसर मिलाउन लागिएको फाउण्डेशनका अध्यक्ष श्रेष्ठले बताए।

जुनसुकै विषयमा प्लस टु उत्तीर्ण, पाँच फिट दुइ इन्च उचाइ, १८ वर्षदेखि २८ वर्ष, अङ्ग्रेजी भाषामा दख्खल, दैनिक औषधि सेवन गर्नुनपर्ने, देखिने स्थानमा ट्याटु नहानेको, मेडिकल अप्रेशन नगरेका र शारीरिक र मानसिक रुपमा स्वस्थ भएका छात्राहरुले यो मापदण्ड पूरा गरेको हुनुपर्नेछ ।

एयर होस्टेस प्लस टु पढेका विद्यार्थीले पढ्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?