बेलवासमा भेटिएको बेवारिसे शवको सनाखत

दमौली : तनहुँको व्यास नगरपालिका–१३ बेलवास स्थित मादी र सेती नदीको संगम स्थलमा  फेला परेको बेवासिसे शवको शनाखत भएको छ ।

उक्त शव ऋषिङ गाउँपालिका-५ राम्जाकोट ५५ वर्षिया लिलामाया थापा रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

निजकै छोरीले मंगलवार सनाखत गरेको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

मृतक महिलाको कहि कतैबाट सनाखत प्रहरी कार्यालयमा नआए पछि  बिभिन्न संचार माध्यमहरुमा प्रकाशन/प्रशारण गरेको थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?