आजदेखि खुले कार्यालयहरु, दमौलीमा चहलपहल सुरु

दसैंमा बन्द रहेका सबै कार्यालयहरु आजदेखि सुचारु भएका छन् ।

दसैंको बिदा सकिएसँगै  कार्यालयहरु खुलेका हुन् । दसैंका अवसरमा फुलपातिदेखि हिजो एकादशीसम्म ५ दिन सार्वजनिक बिदा थियो । दशैं बिदा सकिएसँगै विभिन्न गाउ ठाउँबाट दमौली फर्कनेहरुको संख्या बढेको छ । दसैंमा सुनसान बनेको दमौली बजार बिदाको अन्त्यसँगै पुनः लयमा फर्किदै छ ।

दसैंको तेस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टिका जमरासहित आशिर्वाद लिने क्रम जारी रहने छ । टीकाका दिन आफन्त तथा मान्यजनबाट टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका थाप्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?