गण्डकी प्रदेशका तीन जिल्लामा ट्राफिक जरिवाना बैङ्किङ प्रणालीबाट भुक्तानी सुरु

पोखरा :  प्रहरी प्रधान कार्यालयले सवारी नियम उल्लङ्घन कसुरमा भराउने सबै प्रकारका जरिवानाबापतको राजश्वलाई बैकिङ प्रणालीमा राख्ने व्यवस्था गरेको छ ।

गण्डकी प्रदेशका तीन जिल्ला कास्की, तनहुँ र नवलपुर जिल्लामा ट्राफिक नियम उङ्लघन गरेबापत तिर्नुपर्ने जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ र मातहतका कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन १ गते देखि नै शुरुवात गरेको विष्टले जानकारी दिए। जरिवाना बुझाउनुपर्ने सवारी साधनका चालकले राष्ट्रिय वाणिज्य बैंकको शाखामा जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जरिवाना तिर्न लागि ट्राफिक प्रहरी कारबाहीका परेका सवारी साधनका चालकले प्राप्त भएको ट्राफिक जरिवाना सम्बन्धी पूर्जि लिएर राष्ट्रिय वाणिज्य बैंकको शाखामा गई त्यहाँ रहेको ट्राफिक जरिवाना सम्बन्धी भौचर भरेर पुर्जिमा उल्लेख भए बमोजिमको जरिवाना रकम तिर्न सकीने छ ।

बैंकमा रकम दाखिला गरेको भौचर लिएर कारबाहीमा परिएको स्थान नजिकको ट्राफिक अफिसमा गइ आफ्नो सवारी कागजपत्र लिन सकिने विष्टले बताएका छन् । मादक पदार्थ सेवन सम्बन्धी कारबाहीमा परेका कागजपत्र लिनु अघि ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था समेत गरिएको विष्टले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले ट्राफिक भोइलेन्स रेकर्ड सिस्टम टिभीआरएस सफ्टवेयर प्रणालीको विकास गरेर देशभर एकीकृत रूपमा कार्यान्वयनमा ल्याउने कार्य अनुरुप गण्डकी प्रदेशको तीन जिल्लामा सुरुवात भएको हो।

सिस्टमका आधारमा कारबाही सुरु हुने र सवारी नियम उल्लङ्घनको विवरण, सवारी चालक अनुमतिपत्र नवीकरणको विवरण, कारवाहीमा परेको विवरण देशभरमा हेर्न सकिने विष्टले बताए ।

विष्टका अनुसार सवारी नियम उल्लंघनमा पहिलो पटक भएको भए पाँच सय , दोस्रो पटक भए एक हजार र तेस्रो पटक भए एक हजार पाँच जरिवाना लाग्ने छ । टिभिआरएस प्रणालीबाट अनलाइन सिस्टममै कति पटक कारवाही भएको भन्ने हेर्न मिल्नेछ ।

चाँडै नै अर्को अनलाइन बैकिङ प्रणालीको सुविधा पनि लिन सकिने भएको । विभिन्न अनलाइन पेमेन्ट गेट–वे मार्फत भुक्तानी गर्न सकिनेछ । जस्तै फोन–पे, खल्ती, ई–सेवा जस्ता माध्यमबाट समेत भुक्तानी गर्न सकिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले हाल जिल्लाभर राष्ट्रिय वाणिज्य बैंकको तथ्याङक सङ्कलन गरिरहेको थप सहजकताको लागि अन्य बैंकसँग पनि सहकार्य गर्ने तयारी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?