
काठमाडौं : कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले आज सूचना निकालेर कोरियामा वैधानिक तरिकाले रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । भाषा परीक्षा भदौ १८ देखि २९ गतेसम्म हुने छ ।
सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वेच्छिक रूपले नेपाल फर्केका इच्छुक नेपाली कामदारले आवेदन दिन सक्नेछन् । आवेदकको उमेर १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?