लियोको रक्तदान, ३० पिन्ट रगत संकलन

दमौली : लियो क्लब अफ तनहुँको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी तनहुँको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।

‘रक्तदान जीवनदान’ भन्ने मूल नारा सहित व्यास नगरपालिका -३ अनसन चौतारीमा शनिवार आयोजित खुला रक्तदान कार्यक्रममा  ३० जनाले रक्तदान गरेका हुन् ।

३० पिन्ट रगत संकलन गरिएको आयोजक क्लबका सचिव मुकेश बिडारीले जानकारी दिए । क्लवका अध्यक्ष वसन्ती थापाले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन् ।

उक्त कार्यक्रममा व्यास नगरपालिका वडाध्यक्ष अनुप राना, व्यास -४ का वडा सदस्य सरोज भण्डारी , लायन कृष्ण मुरारी मिश्र , रिजन कोर्डिनेटर लायन कृष्णहरि गैहे लगायत दमौलीमा रहेका विभिन्न क्लबका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?