शुक्लागण्डकीमा श्रावण ८ गतेदेखी बोलबम महोत्सव सुरु हुने

दमौली : तनहुँको शुुक्लागण्डकी नगरपालिका–२ स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा हुन लागेको बोलबम महिमा महोत्सवहुने भएको छ । श्रावण ८ गतेदेखी सुरु हुने महोत्सवको तयारी  भएको शिव महिमा बोलबम महोत्सव, मुल समारोह समितिले जनाएको छ ।

महोत्सवको पहिलो दिन बिहान सेतीनदि र म्याग्देखोलाको संगमस्थल दोभानबाट बोलबम यात्रा प्रारम्भ हुने मुल समारोह समितिका संयोजक विमलप्रसाद रिमालले बताए ।

उनका अनुसार बोलबम यात्रा संगै भागवत् मञ्जरी राधिका दासी जीको उपस्थितीमा शुक्लागण्डकी नगरपालिकाको गेटबाट महोत्सव स्थल च्यवजधाम सम्म बिहान १० बजे बृहत् संगीतमय कलशयात्रा हुने छ ।

च्यवनधामको पहिलो दिन गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्र पाण्डेले समुद्घाटन गरेर समारोह शुरू हुने च्यवनधाम कार्यसमितिका अध्यक्ष होमनाथ लम्सालले बताए ।

उनका अनुसार यस बर्ष धामका साथसाथै शुक्लागण्डकी ९ स्थित गौ संरक्षण केन्द्रको अवलोकन एंव् गौसेवाको कार्यक्रम राखिएको छ । महोत्सवको क्रममा भक्तजन तथा दानवीरहरुबाट संकलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिने लम्सालको भनाई छ ।

धामले प्रत्येक वर्ष श्रावण महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?