काठमाडौं : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी गुट, उपगुटमा नराम्रोसँग फसेको बताएका छन् । उनले नेपालको राजनीति नै अनिश्चितताको भूमरीमा फसेको पनि बताए ।
मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरल, अस्थिर र अनिश्चिततामा फसेको बताए । उनले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताए ।
पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै उनले सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए ।
“नेपाली कांग्रेसको पाइलट सभापति हो, अरु पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन्,” उनले भने, “गुट, उपगुटमा नेपाली कांग्रेस नराम्रोसँग फसेको छ । देशको राजनीतिको अवस्था खराब छ ।”









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?