रास्वपाले गर्‍यो जिल्ला संयोजक खड्कालाई निलम्बन

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।

अनुशासन समितिको सिफारिसमा खड्कालाई रास्वपाले निलम्बन गरेको हो ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार खड्कामाथि अनुशासन समितिले थप अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान अनुसार पछि आवश्यक कारबाही गरिने पनि ढकालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?