भूमिगत स्रोतको पानी प्रयोगमा अनुमति नलिए कारबाही

काठमाडौं : काठमाडौं महानगरपालिकाले भूमिगत स्रोतको पानी उपयोग गर्न अनुमतिपत्र लिन र पुराना उपभोक्तालाई अनुमतिपत्र नवीकरण गर्न आग्रह गरेको छ ।

“भूमिगत स्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्ने सम्बन्धि निर्देशिका २०७१ को दफा ३ बमोजिम अनुमतिपत्र लिने र सोही निर्देशिकाको दफा २० ‘अनुमतिपत्र नवीकरण सम्बन्धि व्यवस्था’ बमोजिम सूचना प्रकाशन गरेको मितिदेखि १५ दिनभित्र अनुमतिपत्र लिनुहुन/नवीकरण गरिसक्नुहुन यो सूचना अन्तिम पटकको लागि प्रकाशन गरिएको छ,” महानगरले सूचना जारी गर्दै भनेको छ ।

तोकिएको समयभित्र अनुमतिपत्र नलिने वा नवीकरण नगराउने उपभोक्ताहरूको विस्तृत नामावली राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरिने महानगरले जनाएको छ ।

अनुमतिपत्र नलिने वा नवीकरण नगराउने उपभोक्ताहरूलाई जरिबाना एवं अनुमतिपत्र रद्द गरी भूमिगत स्रोतको पानी उपयोगमा रोकसमेत लगाइने महानगरको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?