दमौली : नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभएको भन्दै प्रेस चौतारी नेपाल तनहुँले आपत्ति जनाएको छ । महासंघ गण्डकी प्रदेश कमिटीले शुद्धीकरणको नाममा गरिएको निर्णयप्रति गम्भिर आपत्ति प्रकट गरेका हुन् ।
शुद्धीकरणको नाम दिएर वहुमतको नाममा चौतारी निकट क्रियाशिल पत्रकारहरुलाई सदस्यता नविकरण नगरिएको भन्दै प्रेस चौतारी तनहुँ शाखाले असहमती भएको अध्यक्ष राजकुमार श्रेष्ठ (बीवी) बताए ।
बुधवार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई विज्ञप्ति बुझाउदै प्रदेश कमिटीले शुद्धीकरणको नाममा गरिएको निर्णयप्रति सहमत नभएको जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?