माओवादीको केन्द्रीय कमिटी बैठक लाइभ गरिने

काठमाडौं : सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक लाइभ गरिने भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठक लाइभ गर्ने निर्णय गरिएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।

“बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिने ,बैठक लाइभ गर्ने निर्णय भएको छ,” शर्माले भने ।

यसअघिको बैठक लाइभ हुने गरेको थिएन । यसअघि, सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?