मुख्यमन्त्री नियुक्त भएपछि थापाले भने– राजनीतिक अस्थिरता नै कोसीको मुख्य चुनौती

काठमाडौं : कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेशको राजनीतिक अस्थिरता नै अहिलेको मुख्य चुनौती भएको बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि बाहिरिने क्रममा उनले आफूहरूको पहिलो प्राथमिकता राजनीतिक गतिरोध हटाउनु भएको बताए ।

“अब हाम्रो कोसी प्रदेशको राजनीतिन नै यस्तै भयो । संसदीय अंक गणितका कारण प्रदेशमा सधैँ नै अब यो अवस्था छ,” उनले भने ।

उनले आफूले भोलि बिहान १० बजे शपथ लिने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?