लालबहादुर विश्वकर्माले पाए सफाइ

काठमाडौं : बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन्।

उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको हो।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो।

बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ।

दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?