तनहुँमा राहदानीबाट नौ करोड बढी राजस्‍व संकलन

दमौली : तनहुँमा एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै नौ करोड भन्दा बढी राजस्‍व संकलन भएको छ । गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै ९ करोड ४४ लाख २६ हजार सय ५० रुपैयाँ राजस्‍व संकलन भएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

कार्यालयले एक आर्थिक वर्षमा करिब दश करोड रुपैयाँ राजस्‍व संकलन गरेको समेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए । आर्थिक वर्ष ७९/८० मा विभिन्न शीर्षकमा ९ करोड ८० लाख ६४ हजार ३५ रुपैयाँ राजस्‍व संकलन गरेको हो ।

कार्यालयका अनुसार एक वर्षको अवधिमा कार्यालयबाट १६ हजार ३ सय ८९ जनाले राहदानी वितरण भएको छ । सो अवधिमा राहदानीका लागि १६ हजार ३ सय ८९ साधारण सिफारिस भएको छ भने ९ हजार ७ सय ९७ द्रुत सिफारिस भएको गैरेले बताए ।

राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक १२ हजार ६ सय र कम्पनी दर्ता/ नविकरण शुल्क बाट १० लाख ९० हजार पाँच  सय रुपैयाँ राजस्‍व संकलन गरेको छ ।

प्रशासनिक दण्ड जरिवाना जफतबाट ९ लाख ९४ हजार १६ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । यस्तै हातहतियार इजाजत पत्र दस्तुरबाट ५ लाख ९७ हजार २ सय ५० रुपैयाँ राजस्‍व संकलन भएको प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?