काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं खेलाडी ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
भावुक हुँदै उनले भने, ‘यो मेरो बिदाइ हैन, यो मेरो अर्को सुरुवात हो।’
पारस खड्काले नेपाली राष्ट्रिय टिमको नेतृत्व त्यागेपछि ज्ञानेन्द्र कप्तान बनेका थिए। पारसले दुई वर्षअघि आजकै दिन (साउन १९ गते) राष्ट्रिय टीमबाट सन्यास घोषणा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?