झापा कारागारमा कैदीले लगाए आगो

झापा : झापाको कारागारमा आगजनी भएको छ । कैदीलाई अर्को ठाउँमा सार्ने विषयलाई लिएर विवाद हुँदा कैदीबन्दीहरूले झापा जिल्ला कारागारमा आगो लगाएका हुन् ।

कैदी मनोज लावतीसहिच चारजना कैदीलाई सुनसरीस्थित झुम्का कारागार पठाउन खोज्दा कैदीहरू विरोधमा उत्रिएका थिए ।

त्यसैको विरोधमा कारागारभित्रका कैदीले आगो लगाएको झापा प्रहरी प्रमुख एसपी दुर्गा रेग्मीले जानकारी दिए ।

बिनाकारण उनीहरूको सरुवा भएको भन्दै लावती समर्थक विरोधमा उत्रिएका हुन् । अहिले अवस्था सामान्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?