निजी निवासमा पुगे राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल शनिबार काठमाडौंको बोहोराटारस्थित निजी निवासमा पुगेका छन् ।

राष्ट्रपति निर्वाचित भएर शीतलनिवासमा सरेपछि उनी पहिलोपटक बोहोराटार पुगेका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उनले निजी निवासमा उपस्थित आफन्त, समर्थक र शुभेच्छुकसित कुराकानी समेत गरेका थिए । त्यहाँ केही बेर बसेर उनी शीतलनिवासमा फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?