बागमतीमा भागबन्डा मिलाउन मन्त्रालय थपियो, बिनाविभागीय मन्त्रीले पाउने भए जिम्मेवारी

काठमाडौं : बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई विभागीय जिम्मेवारी दिइने सहमति भएको छ । काठमाडौंमा भएको केन्द्रीय नेताहरूको छलफलमा मन्त्री चित्रकारलाई मन्त्रालय थप गरेर विभागीय जिम्मेवारी दिने सहमति भएको हो ।

बागमतीमा भागबन्डा मिलाउन ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा पुर्‍याइएको छ ।

कांग्रेसकै भागमा रहेको उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा रहेको सामान्य प्रशासन मन्त्रालय छुट्याएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय बनाइने सहमति भएको छ ।

गत जेठ ७ गते मन्त्री पदमा नियुक्त भएका उनले साढे दुई महिनादेखि विभागीय जिम्मेवारी पाउन सकेका थिएनन् । यसअघि कुन मन्त्रालय फुटाएर उनलाई जिम्मेवारी दिने भन्नेबारे कांग्रेस र माओवादीबीच विवाद थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?