ल्हारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएका छन् ।

वैदेशिक रोजगार, अवैध हतियार, दोहोरो नागरिकतासहित विभिन्न अभियोगमा पटकपटक पक्राउ परेका लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका हुन् ।

उनी ०६७ मा एमालेबाट अर्थराज्यमन्त्री बनेका थिए । तर, विवादका कारण उनले छोटो समयमै राजीनामा दिनुपरेको थियो । त्यसपछि उनी ०७० सालमा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरका थिए ।

०७१ मा उनी एकीकृत माओवादीमा समानुपातिक सभापति बने ।

कोषका यसअघिका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीको कार्यकाल १० साउनमा सकिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?