आगामी २४ घण्टाको मौसम अनुमान कहाँ के हुँदैछ (मौसम पूर्वानुमान महाशाखा)

आज  शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने  साथै रहनेछ।देशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का  देखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाले अनुसार राति गण्डकी प्रदेश, प्रदेश १, बागमती र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको   छ ।

आगामी २४ घण्टाको लागु देशभर आंशिक देखि सामान्य बदली भई  देशहका थोरै  भागमा  मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउनु हुन महाशाखालेअनुरोध समेत  गरेको छ ।

 

#मौसम पूर्वानुमान महाशाखा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?