ऋषिङले पनि दियो विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

दमौली : २९ औं विश्व आदिवासी दिवसका अवसरमा तनहुँको ऋषिङ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार एक सुचना जारी गर्दै भोलि साउन २४ गते आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) बन्द रहने पालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?